मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २९ भाद्र २०८२
६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास झलनाथ तयार,

ATN Khabar
बाबुराम सकारात्मक, अरुले निर्णय दिन बाँकी

भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न राजनीतिक संकट समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल प्रयासरत छन् । यही बेला प्रमुख राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरु भने ६ जना पूर्वप्रधानमन्त्रीहरुलाई राजनीतिबाटै अवकाश गराउने प्रयासमा लागेका छन् ।

भदौ २३ गते शुरु भएको जेन–जीको आन्दोलन उग्र बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर बालुवाटरबाट भागेपछि उत्पन्न संकट समाधानका लागि राष्ट्रपति पौडेलले विभिन्न पक्षसँगको छलफललाई तीब्रता दिएका छन् ।

राष्ट्रपति पौडेलले बिहीबारमात्रै संविधानविदहरूसँग मुलुकको पछिल्लो अवस्था र अब चाल्नुपर्ने कदमका बारेमा सुझाव मागेका छन् । आन्दोलनरत पक्षले अन्तरिम सरकार गठनका लागि अघि सारेको मागमा नेपाली सेनाले सहजीकरण गरिरहेको छ ।

जेन–जी पुस्ताको आन्दोलनमा सहभागी भएकाहरू बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि पठाउने बारे लगभग सहमति भइसकेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार