मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

टीकापुरमा मारिएका प्रहरीका परिवारले न्याय पाउनुपर्छ : रेशम चौधरी

ATN khabar
‘हामी राजनीतिमा होमिएका नेता हौं । देश बनाउन कानून, संविधान, न्यायालय, सुरक्षाकर्मी सबै कुराको पुनरावलोकन हुनुपर्छ ।’

काठमाडाैं ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा कैद सजाय मिनाह भएपछि आज विहान जेलमुक्त भएका चौधरीले आफू निर्दोष रहेको र उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने बताए। डिल्लीबजार कारागारबाट छुटेपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले कसैले कसैलाई आरोप लगाएर नहुने बताउँदै असली दोषीलाई राज्यले कारबाही गर्नुपर्ने बताएका हुन् ।

टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताउँदै त्यसका लागि आफूले पनि सघाउने उनले बताए ।

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनु राज्यको दोष भएको भन्दै सार्वजनिक हुनुपर्नेमा समेत जोड दिए । उनले भने, ‘’लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ। प्रतिवेदन सार्वजनिक नहुनु राज्यको दोष हो। सहादता प्राप्त गरेका प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ। अढाइ वर्षीय बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ र उहाँहरूका लागि हामीले पनि लडिदिनुपर्छ।’

चौधरीले ‘मिसन २०८४’ अन्तरगत मुलुकको सत्ताको बागडोर सम्हाल्ने मिसनका साथ अघि बढ्ने बताएका हुन् । उनले भने, ‘हामी राजनीतिमा होमिएका नेता हौं । देश बनाउन कानून, संविधान, न्यायालय, सुरक्षाकर्मी सबै कुराको पुनरावलोकन हुनुपर्छ ।’ उनले अब बदलावको भावना नभई समाज मिलाउने सपनाका साथ अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार