मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

ATN khabar
विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ ।

विराटनगर/ विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । 

महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यबाहक मेयर काजीबहादुर बस्नेतले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र सभ्य सहर बनाउने उद्देश्यका सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको बताए । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न रोग लाग्नुका साथै सहरको सौन्दर्यतामा समेत ह्रास आएको उनको भनाइ थियो । “महानगरले सरसफाई अभियान पनि सञ्चालन गरिरहेको छ । सफाईका क्रममा नाला सफा गर्दा ७० प्रतिशत सुर्तीजन्य पदार्थका खोलहरु भेटिएको छ,” बस्नेतले भने, “महानगरले सुरु गरेको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु ।” 

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यलाई हानी हुने बताए । उनले महानगरले लागू गरेको क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन गरे कानुनीले तोकेको कारबाही हुने प्रजिअ भट्टराईको भनाइ थियो । “महानगरले सुरु गरेको यो अभियान अत्यन्तै राम्रो छ, यसमा सबैले साथ दिनुपर्छ,” उनले थपे, “यदि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेमा कानुनले तोकेअनुसारको कारबाही हुनेछ ।” उनले अभियानलाई प्रशासनको तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । 

महागरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा अभियानअन्तर्गत ५ स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको जानकारी दिए । उनका अनुसार विद्यालय, स्वास्थ्य संस्था, महानगर र उससँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु, बसपार्क र बसहरुमा सुर्तीजन्य पदार्थ गर्न पाइने छैन । “नगर सभाले गरेको निर्णयलाई वैशाख १ गतेबाट कडाइका साथ कार्यान्वयनमा ल्याउँदैछौं,” उनले भने, “आजको कार्यक्रममा आदरणीय मेयर साब र उपमेयर साब सहभागी हुन सक्नु भएन । उहाँहरु विदेशी दातृ निकायहरुसँग छलफल गर्न काठमाडौंमा हुनुहुन्छ । उहाँहरुको तर्फबाट पनि म शुभकामना व्यक्त गर्दछु ।” कसैले सेवन गर्न चाहेमा सुरक्षित तबरले अरुलाई हानी नहुनेगरी सेवन गर्न सक्ने उनको भनाइ थियो । स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले महानगरवासीलाई जानकारी दिने उद्देश्यले प्रभातफेरी आयोजना गरिएको जानकारी दिए । प्रभातफेरीमा विराटनगर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, ५ सन्तोष न्यौपाने, ८ का राम पोखरेल, १० अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १४ का सूर्यनारायण महतोका साथै कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रमुख, महानगरका महाशाखा र शाखा प्रमुखहरु, विभिन्न कलेज, विद्यालय, नर्सिङ कलेज, हेल्थ कलेजका विद्यार्थीका साथै जनपद प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको समेत सहभागिता रहेको थियो । मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा कसैसित पनि सम्झौता नहुने बताउँदै आएका छन् । उनले विराटनगर सबैको भएकाले व्यवस्थित बनाउन महानगरवासीलाई सहयोग गर्न पटक–पटक आग्रह गर्दै आएका छन् । 

प्रतिक्रिया