मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार खेल १८ फाल्गुन २०७९
आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालसँग युएई सात रनले पराजित

ATN khabar
आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ । नेपालसामू युएईलाई सात रनले पराजित भएको हो ।

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ । नेपालसामू युएईलाई सात रनले पराजित भएको हो ।

नेपालका लागि हेमन्त धामिले ४२ ओभर २ बलमा युएईका इथान कार्ल डिसुजालाई आउट गरे दिपेस कडेलले ३४ ओभर ३ बलमा युएईका ध्रुव पराशरलाई आउट गरे ।

सुबास भण्डारीले २१ ओभर ६ बलमा युएईका आयान अफजल खानलाई आउट गर्दा २० ओभरमा यूएईका आरेन सक्सेनालाई दिपेस कडेलले आउट गरेका हुन् । सुबास भण्डारीले १८ ओभरमा यूएईका आरेनस शर्मालाई आउट गरे ।

यसअघि अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो ।

नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीए इनिङ खेले। देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरेका थिए। नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरेका थिए ।

बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिएका थिए भने हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको थियो ।

प्रतिक्रिया