मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

बालदिवसका अवसरमा ‘जनप्रतिनिधिसँग बालबालिका’ आयोजना

ATN khabar

विराटनगर /६० औं बालदिवसका अवसरमा विराटनगर महानगरपालिकासँगको सहकार्यमा नगर बालक्लब सञ्जालले ‘जनप्रतिनिधिसँग बालबालिका’ आयोजना गरेको छ ।
महानगरको हलमा आयोजित कार्यक्रममा बालबालिकाहरुले विभिन्न समस्या राखेका थिए । सत्यनारायण माविकी छात्रा प्रिती यादवले विद्यालयमा बस नभएको, शिक्षक नियमित नआउने, शिक्षकहरुबीच एकता नभएको विषय उठाइन् भने पोखरिया माविकी छात्रा कृतिका नेपालले सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजा खर्च एकदमै कम भएको, विद्यालय छेउछाउ भोला, गुट्का खुलेआम बिक्री भइरहेको, बाल क्लब सञ्जालका कोषाध्यक्ष रितेश विश्वकर्माले स्कुल बसले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेको, सत्यनारायणकै दिप्ती पोखरेलले निजी विद्यालय व्यापारीकरण भइरहेको, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्नेजस्ता विषय उठाएकी थिइन् ।
बालक्लब सञ्जालकी दीक्षा आचार्यले विद्यालय छेउछाउ बिक्री भइरहेको चुरोट, गुट्का, भोलालगायतमा कडाइ गर्नुपर्ने, अनिसा भट्टराईले सामुदायिक कुकुरले दुःख दिएको, छाडा पशुलाई नियन्त्रणमा लिनुपर्ने, आदर्श माविका सुगम आचार्यले शिक्षा निःशुल्क भनिए पनि चर्को शुल्क उठाइरहेकाले नियन्त्रण गरिनुपर्ने धारणा राखेका थिए । सत्यनारायणकै शिवानी राउतले ट्राफिक नियम लागू गराउनुपर्नेमा जोड दिए ।
नगर बालक्लब सञ्जालका अध्यक्ष अमित मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीलगायतले बालबालिकाले उठाएका विषय सम्बोधन गर्नुभएको थियो । वडाध्यक्षहरु तीर्थेन्द्र नेउपाने, कुमार पोखरेल, श्याम घिमिरेलगायतको उपस्थितिमा भएको कार्यक्रममा मेयर कोइरालाले बालबालिकाले उठाएका विषय सम्बोधन गर्न महानगरपालिका तयार रहेको बताउनुभयो । उहाँले बालबालिकाले अत्यन्तै सान्दन्र्भिक विषय उठाएको भन्दै प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने प्रस्ट पार्नुभयो । उपमेयर शिल्पा निराला कार्कीले शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले विद्यालयको भौतिक संरचना विकाससँगै शिक्षाको गुणस्तर वृद्धिमा महानगर गम्भीर रहेको सुनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले दिवा खाजामा नेपाल सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरका तर्फबाट ५ रुपैयाँ थप गरिदिएको बताउनुभयो । ५ रुपैयाँ थप्दा महानगरलाई १ करोड २५ लाख भार थपिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले विद्यार्थीले उठाएका विषय सम्भव भएसम्म सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार