मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

परिचय १३ चैत्र २०७९
रमजान महिनाको महत्व

ATN khabar
रोजाको महिना अर्थात रमजान महिना मानिसहरुकोलागि उपदेश ग्रहण गर्ने महिना हो ।

जाहिद अलि सिद्धिकी 

❤️रमजान महिनाको महत्व❤️

रोजाको महिना अर्थात रमजान महिना मानिसहरुकोलागि उपदेश ग्रहण गर्ने महिना हो । यस महीना मा लिएको शिक्षाले बाकी एघार महिनामा पनि सोही अनुसारको असल आचरण, व्यवहार क्रियाकलाप र अल्लाह प्रतिको दृढ विशवास र भरोसा गर्न मानिस निर्देशीत हुन्छ । यो समयको सहि उपयोग गर्न सिकाउने एउटा असल तालीमको महिना हो ।किनकि मानिसले एक महीनासम्म प्रत्येक दिन बिहान ठिक समयमा सेहरिका लागी उठनु पर्ने, तोकिएको समयमा खानपिन बन्द गरि फज्रको नमाज पढ्नु पर्ने, दिनभरि असल खराब क्रियाकलाप छुट्याई असल कार्य गर्नु र खराव कार्य बाट बच्नु पर्ने, साझ निधारित समयमा इफ्तार गर्नुपर्ने र खाना खाएर आराम गर्नुपर्ने, फेरि तराविह तथा नामाजहरुकोलागी मस्जिद जानुपर्ने हुन्छ । यसरी बिहान उज्यालो हुनु अघिदेखि रातिसम्म प्रत्येक आस्थावानहरुले नियम कानुनमा बाधिएर आफना क्रियाकलाप सञ्चालन गर्नुपर्ने हुन्छ । यसले मानिसलाई समयको महत्त्व बुझेर ठिक समय ठिक कार्य गर्ने तालिम प्रदान गर्दछ । मानिसको मन भडकाएर कुमार्ग अर्थात अनास्थाको मार्गतर्फ लैजान खोज्ने सैतानहरु पनि बाधिएका हुन्छन् र मानिसहरुको लागि पुण्य प्राप्तिका ढोकाहरु अर्थात स्वर्गका ढोकाहरु खोलिएका हुन्छन् तथा नर्क का ढोकाहरु बन्द गरिएका हुन्छन् ।

❤️रमजान महिनाको महत्वको बारेमा केहि हदिसहरु

1) हजरत अबु हुरैरह (रजि.) को भानाई छ, रसुलुल्लाह (स.) ले भन्नुभयो, "जब रमजान आउछ तब जन्नत (स्वर्ग) का ढोकाहरु खोलिन्छन ।" (बुखारी : कितावुस्मौम)

2) हजरत जाविर (रजि.) को भनाइ छ, रसुल्लुल्लाह (स.) ले भन्नुभयो, "निश्चय नै अल्लाह तआला इफ्तारको समयमा धेरै जनालाई (नरकको दन्कदो आगोबाट मुक्त गर्दछन र यो क्रम रमजानको प्रत्येक रातमा चलिरहन्छ।" (इब्नेमाजा: किताबुस्सियाम)

प्रतिक्रिया

सम्बन्धित समाचार