मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार ४ चैत्र २०७९
सुनसरीको बर्जु गाउँपालिकामा विज्ञान मेला र औधोगिक तथा कृषि व्यापारी मेला आयोजना हुने

ATN khabar
सुनसरीको बर्जु गाउँपालिकामा विज्ञान मेला र औधोगिक तथा कृषि व्यापारी मेला आयोजना हुने भएको छ। सो मेलाको कार्यक्रम सँचालन गर्ने सम्बन्धमा आज एक कार्यक्रम बिच सम्झौता भयेको हो ।

सुनसरीको बर्जु गाउँपालिकामा विज्ञान मेला र औधोगिक तथा कृषि व्यापारी मेला आयोजना हुने भएको छ। सो मेलाको कार्यक्रम सँचालन गर्ने सम्बन्धमा आज एक कार्यक्रम बिच सम्झौता भयेको हो । मेलाको विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा। दिलीपकुमार अधिकारीले मेला लगाउन टिकेन्द्र श्रेष्ठ , सुमन कटेल लाई औधोगिक तथा कृषि व्यापारी मेला आयोजना गर्ने जिम्मेबारी दिएको छ । सो मेलाको कमेटी समेत बनि मेला कमेटिमा अध्यक्ष टिकेन्द्र श्रेष्ठ, उपाध्याक्ष सुमन कटेल र सदस्यमा सुभास शर्मा, बिनित लालवानी हुनु हुन्छ भने प्रचार प्रसार समिती मा भोजराज घिमिरे तथा सहयोगीमा नरायण चौधरी हुनु हुन्छ । 

विज्ञान विषयमा विद्यार्थीहरूको आकर्षण बढाउने, विद्यालयको विज्ञान शिक्षालाई उन्नयन गर्ने र औधोगिक तथा कृषि ब्यापर ब्याबसयी लाई प्रबर्द्धन गर्ने  उद्देश्यका साथ आगामी २०८० बैशाख ६,७,८ र ९  गतेबाट बर्जु(५ शान्तिवनमा विज्ञान मेला र औधोगिक तथा कृषि व्यापारी मेला आयोजना हुने भएको हो। 

साइन्स टिचर असोसियसन अफ नेपालको संयोजन र एभरेस्ट साइन्स सेन्टर नेपालको सहकार्यमा २०८० वैशाख ६,७ ,८ र ९ गते विज्ञान मेला र औधोगिक तथा कृषि व्यापारी मेला आयोजना हुने मेला कमेटी का अध्यक्ष टिकेन्द्र श्रेष्ठ ले जानकारी दिनु भयो । विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा। दिलीपकुमार अधिकारीले यस मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु बाट हुने जानकारी दिनु भयो ।

नेपालका ७७ वटै जिल्लाका विज्ञान विषयका २०० भन्दा बढी विद्यालयले आफ्ना स्टल राख्ने अधिकारीको भनाइ छ। मेलामा नासाबाट भिडियो कन्फरेन्स हुने र मेलामा सहभागी भएका विद्यार्थीहरूले विज्ञान प्रविधिका विषयमा अधिक जानकारी पाउने पनि उनले बताए। साथै ठुला देखि साना उद्धधोगी हरुले समेत आफ्ना १०० भन्दा बढी स्टल राखी नेपालका ७७ वटा जिल्लाबाट आयाकहरुलाई आफ्ना उत्पादित बस्तु बिक्रि तथा प्रदशनी गरि आआफ्नो व्यापार गर्ने समेत मेला आयोजक कमेटी का अध्यक्ष श्रेष्ठ ज्यु ले जानकारी दिनु भयो।

विज्ञान प्रविधि र विज्ञानसँग सम्बद्ध विषयहरूको गहन अध्ययन(अध्यापन हुने बताउँदै उनले प्रदर्शनीमा उत्कृष्ट हुने एक सार्वजनिक र एक निजी विद्यालयलाई एक(एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाए।

मेलामा एउटा स्कुलका दुई विद्यार्थी र एक शिक्षकले सहभागिता जनाउन पाउने र त्यसका लागि तीन हजार रूपैयाँ तिर्नुपर्ने छ। त्यसरी आउने विद्यालयका प्रतिनिधिले खाने र बस्ने सुविधा पाउने आयोजकले जनाएको छ। सहभागी हुने विद्याललाई यातायातको पनि व्यवस्था गरिएको छ।

मेलामा अनुमानित एक लाख भन्दा बडी अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेला हेर्न जाँदा प्रतिव्यक्ति १०० रुपैयाँको टिकट लाग्ने जनाइएको छ।

मेलामा विभिन्न विभिन्न औधोगिक तथा कृषि जन्य बस्तुहरुको बिक्रि तथा प्रदशनीक साथै विभिन्न विभिन्न परिकारका खानाका स्टल रहने र प्रतेयक दिन साँझपख राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति राख्दै सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार